गसिप

रणवीरलाई ‘कण्डमको प्याकेट’ दिन चाहन्थिइन् दीपिका

By खबरहब

December 21, 2021

मुम्बई(जीन्यूज)– बलिउड अभिनेता रणवीर कपूर प्रायः निजी सम्बन्धका कारण चर्चामा आइरहन्छन् । उनले बलिउडका कैयौं अभिनेत्रीसँग डेट गरेका छन् । जसमा अभिनेत्री दीपिका पादुकोण पनि पर्छिन् । दीपिका रणवीरको प्रेममा यति डुबेकी थिइन् कि उनले घाँटीमा अभिनेताको नामको ट्याटु नै खोप्न पछि परिनन् । तर समयसँगै उनीहरुको सम्बन्ध टुट्यो र उनीहरुको बाटो पनि सदाका लागि अलग भयो ।

रणवीरसँग अलग भएपछि दीपिका डिप्रेसनमा परेकी थिइन् । उनी डिप्रेसनमा परेको केही समयपछि रणवीर कपूर बहिनी करीना कपूर खानका साथ करण जोहारको शोमा पुगेका थिए । जहाँ रेपिड राउण्डमा रणवीरले दीपिकालाई ‘मीन गर्ल’ भनेका थिए ।

करणको अर्को शोमा दीपिका पादुकोण र सोनम कपुर पुगेका थिए । जहाँ दीपिकाले आफूले रणवीरलाई कण्डम उपहार दिन चाहेको खुलाएकी थिइन् । दीपिकालाई करणले ‘रणवीरलाई के उपहार दिन चाहन्छौ ?’ भनेर सोधेका थिए । दीपिकाले ‘कण्डमको प्याकेट’ भनेर जवाफ दिएकी थिइन् ।