राजनीति

संयोजक पाण्डेलाई पार्टीबाट निष्कासन गर्ने विवकेशील साझाको निर्णय

By खबरहब

December 21, 2021

काठमाडौँ- विवेकशील साझा पार्टीले संयोजक मिलन पाण्डेलाई निष्कासन गर्ने निर्णय गरेको छ ।

मंगलबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले पार्टीको सदस्य समेत नरहने गरी पाण्डेलाई निष्कासन गर्ने निर्णय गरेको हो ।

पार्टी विधान र केन्द्रीय समितिका निर्णयहरू विपरीत गतिविधि गरेको तथा केन्द्रीय समितिको बैठकमा निरन्तर अनुपस्थित भएपछि विवेकशीलले मंसिर २८ मा पाण्डेलाई स्पष्टीकरण सोधेको थियो ।

४ पुससम्म जवाफ दिन भनिएकामा पाण्डेले एक दिन ढिला गरी दिएको स्पष्टीकरणमा तथ्यपरक र चित्तबुझ्दो नभएपछि कारबाही गरिएको उल्लेख छ ।

‘तपाईंले प्रयोग गर्दै आउनुभएको पार्टीको नाम, लेटरहेड, छाप, चुनाव चिह्न तथा पार्टीसँग सम्बन्धित कुनै पनि सामग्री आजैका मितिदेखि प्रयोग नगर्न र गरेमा प्रचलित कानुन बमोजिम कारबाही अघि बढाइने जानकारी पनि गराइन्छ,’ विवेकशील साझाले पार्टीलाई लेखेको पत्रमा भनिएको छ .