समाचार

आज कुन उमेर समूहमा कति कोरोना संक्रमित थपिए ?

By खबरहब

December 21, 2021

काठमाडौँ– पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै ३१ देखि ४० उमेर समूहका व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३१ देखि ४० वर्ष उमेर समूहका सबैभन्दा धेरै ५५ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तो छ उमेर समूह अनुसार कोरोना संक्रमितको विवरण : ०–१० वर्ष –३ ११–२० वर्ष –१८ २१–३० वर्ष –५३ ३१–४० वर्ष – ५५ ४१–५० वर्ष – ४२ ५१–६० वर्ष – ४५ ६१–७० वर्ष –१९ ७१–८० वर्ष – १२ ८० वर्षभन्दा माथि –४ अज्ञात– १