आर्थिक

शेयर बजारमा हरियाली, दोहोरो अंकले बढ्यो नेप्से

By खबरहब

December 21, 2021

काठमाडौँ– मंगलबार शेयर बजारमा दोहोरो अंकको सुधार भएको छ । मंगलबार नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक ५६ दशमलव ७३ अंकले बढेर दुई हजार ६१५ दशमलव ५५ बिन्दुमा पुगेर कारोबार बन्द भएको हो ।

२२६ कम्पनीको ४९ लाख ७४ हजार २५३ कित्ता सेयर कारोबार हुँदा कुल दुई अर्ब ३८ करोड ३२ लाख ५९ हजार ८४७ रुपैयाँको शेयर कारोबार भएको छ । सबैभन्दा धेरै कारोबार गर्नेमा हिमालयन डिष्ट्रिलरी छ । यो कम्पनीको १४ करोड ५८ लाखभन्दा बढीको शेयर किनबेच भएको छ ।

सबै समूहका सूचक शून्य दशमलव ८४ प्रतिशतदेखि तीन दशमलव ८८ प्रतिशतको हाराहारीमा बढेका छन् । नेप्सेका अनुसार ग्रीन डेभलपमेन्ट बैंक, जानकी फाइनान्स र रसुवागढी हाइड्रोपावरको शेयर मूल्यमा भने पोजेटिभ सर्किट लागेको छ। ग्रीन डेभलपमेन्ट बैंकको शेयर १० प्रतिशतले बढेर प्रतिकित्ता ३४१ रुपैयाँ पुगेको छ भने जानकी फाइनान्सको शेयर मूल्य नौ प्रतिशतभन्दा धेरैले बढेर प्रतिकित्ता ५७१ रुपैयाँ र रसुवागढी हाइड्रोपावरको शेयर मूल्य प्रतिकित्ता ३५१ रुपैयाँ १० पैसा पुगेको छ ।

त्यस्तै, आज गोर्खाज फाइनान्सको शेयर मूल्यमा सबैभन्दा धेरै गिरावट आएको छ । यस कम्पनीको शेयर मूल्य आठ प्रतिशतभन्दा बढीले घटेको छ ।