राजनीति

कर्णालीबाट केन्द्रीय सदस्यमा राजीव, कर्णबहादुर र जानकी निर्वाचित

By खबरहब

December 21, 2021

काठमाडौँ– नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा कर्णाली भूगोलबाट राजीवविक्रम शाह, कर्णबहादुर बुढा र जानकी सिंह विजयी भएका छन् । मंगलबार साँझ सम्पन्न मत गणनामा २ सिटको खुला केन्द्रीय सदस्यमा राजीव शाहले सबैभन्दा २८२० मत पाए ।

यस्तै कर्णबहादुर बुढा २२०० मतका साथ विजयी भए । कर्णाली भूगोल महिलातर्फ जानकी सिंह विजयी भइन् । उनले २६२४ मत प्राप्त गरिन् । निर्वाचित तीनैजना सभापति शेरबहादुर देउवा समूहका हुन् ।