फाइल फोटो

राजनीति

पूर्वमन्त्री थानी केन्द्रीय सदस्यमा एकमतले पराजित

By खबरहब

December 21, 2021

काठमाडौँ– पूर्वमन्त्री हृदयराम थानी नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा एकमतले पराजित भएका छन् । कर्णाली भूगोलबाट उम्मेदवार बनेका उनी देउवा समूहका कर्णबहादुर बुढासँग एकमतले पराजित भएका हुन् ।

थानीले २१९९ मत पााउँदा बुढाले २२०० मत पाए । कांग्रेसको जारी १४औँ महाधिवेशनमा १, २ मतान्तरमा पराजित हुने थानी तेस्रो नेता हुन् । यसअघि प्रदेश १ को सभापतिमा गुरुराज घिमिरे दुई मतले पराजित भएका थिए । केन्द्रीय उपसभापतिमा विजयकुमार गच्छदार पनि २ मतले पराजित हुन पुगेका थिए ।