फाइल फोटो

शिक्षा

विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएका शिक्षण संस्थाको अनुगमन गर्न समिति गठन

By खबरहब

December 21, 2021

काठमाडौँ– विदेशी विश्वविद्यालयबाट सम्बन्धन प्राप्त शिक्षण संस्थाको अनुगमन गरी प्रतिवेदन बुझाउन शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले पाँच सदस्यीय विषेश उपसमिति गठन गरेको छ ।

शिक्षा मन्त्रालयले कोरोना महामारीका कारण स्थलगत अनुगमन तथा निरीक्षण गर्न नपाएको भन्दै उच्च शिक्षा सञ्चालन सम्बन्धी निर्देशिका २०५९ बमोजिम सञ्चालन भए नभएको अनुगमन गरी १५ दिनभित्र प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ ।

लामो समय अनुगमन नुहुँदा विद्यार्थी र सरोकार पक्षमा देखिएको अन्योलता सम्बोधन गर्न शिक्षा मन्त्री देवेन्द्र पौडेलको अध्यक्षतामा मंगलबार बसेको बैठकले उक्त निर्देशन दिएको हो ।