देश/प्रदेश

अग्निपीडितलाई त्रिपाल र सरसफाई सामग्री वितरण

By खबरहब

December 21, 2021

मुगु– सदरमुकाम गमगढीको तल्लो बजारमा कार्तिक २९ गते आगलागी पीडितहरुको व्यक्तिगत सरसफाई तथा स्वच्छताका लागि सरसफाईका सामग्री सहयोग गरिएको छ ।

युनिसेफको आर्थिक सहयोगमा हिमाली ग्रामिण युवा समाज विकास केन्द्र हिरिसडेक मुगुको सहजिकरणमा अग्नि पीडित ८० घर धुरीलाई व्यक्तिगत सरसफाई तथा स्वच्छताका लागि सरसफाईका सामग्री सहयोग गरिएको हो ।

कार्तिक २९ गते आगलागीबाट १८ घर पूर्णरुपले क्षतिग्रस्त भएका थिए । हिरिसडेक मुगुले आगलागीबाट क्षति भएका १८ घरधुरीलाई त्रिपाल, ब्यांकेटसहित ब्यक्तिगत स्वच्छता सामग्री र अन्य ६२ घरधुरीलाई व्यक्तिगत स्वच्छता सामग्री उपलब्ध गराएको हिरिसडेक नेपालका संयोजक रमेश कुमार भामले बताए ।

हिरिसडेक मुगुले अग्निपीडितलाई खाद्यान्न लगाएत अन्य सामग्री सहयोग गर्दै आएको छ । हिउँदको बेला चिसो बढेपछि अहिले भएका टेन्टभित्र शित पस्ने गरेकोले यो पटक हिरिसडेकले त्रिपाल दिएको छ । यो त्रिपालले टेन्ट ढाकेर शित रोक्न सकिने पीडित ठेल्ले तामाङले बताए ।