मनोरञ्जन

‘प्रसाद २’मा जोडिए निश्चल

By खबरहब

February 22, 2021

काठमाडौं– दुई वर्ष अघि रिलिज फिल्म ‘प्रसाद’को सिक्वेल ‘प्रसाद २’मा अभिनेता निश्चल बस्नेत जोडिएका छन् । निश्चल अघि अभिनेता विपिन कार्की र अभिनेत्री नम्रता श्रेष्ठ अनुबन्धित भइसकेका छन् । यी तीनै कलाकार अघिल्लो संस्करणको फिल्ममा पनि प्रमुख भूमिकामा थिए ।

सुभाष थापाले निर्माण गर्न लागेको ‘प्रसाद २’मा सौरभ चौधरीको निर्देशन रहनेछ । निःसन्तान दम्पतिको कथामा निर्माण भएको फिल्म ‘प्रसाद’मा दिनेश राउतको निर्देशन थियो । अघिल्लो संस्करणको फिल्मले दर्शक समीक्षासँगै बक्सअफिस कलेक्सन राम्रो गरेको थियो ।

फिल्ममा पत्रकार सुशील पौडेलकै पटकथा रहेको छ । फिल्मको सम्पूर्ण छायांकन बागलुङमा गरिनेछ ।