राजनीति

माओवादी केन्द्रले बोलायो स्थायी कमिटी बैठक, मन्त्री हुनेको नाम टुंग्याउने

By खबरहब

September 22, 2021

काठमाडौँ- नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दैछ।

अपराह्न ३ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बैठकले सरकारमा सहभागी हुने व्यक्तिहरूको नाम टुंग्याउने तयारी गरेको नेता गणेश साहले जानकारी दिए ।

माओवादीमा नारायणकाजी श्रेष्ठ, मातृका यादब, सुधन किराँती, शिवकुमार मण्डल, हरिबोल गजुरेलसहितका नेताहरु मन्त्रीका आकांक्षी छन् ।

आकांक्षी धेरै हुँदा मन्त्री हुनेको नाम टुंग्याउन माओवादीमा सकस छ । तथापि यसअघि मन्त्री नभएका तथा भूगोल र समावेशीका आधारमा मन्त्री चयन गर्ने तयारी भएको साहले बताए । देउबा नेतृत्वको वर्तमान सरकारमा माओवादीका तर्फ जनार्दन शर्मा अर्थ र पम्फा भुसाल उर्जा मन्त्री छन् ।

आफूले सपथ लिएको ७० दिनपछि प्रधानमन्त्री शेरबहादुर देउबाले नारायण खड्कालाई परराष्ट्र मन्त्री बनाएका छन् । गठबन्धनबाट पनि मन्त्री हुनेको नाम टुंग्याएपछि मन्त्रिपरिषद् विस्तार गर्ने देउबाको तयारी छ ।