समाचार

स्वास्थ्य मापदण्ड पालनाबारे काठमाडौँ जिल्ला प्रशासनद्वारा अनुगमन

By खबरहब

August 22, 2021

काठमाडौँ– कोरोनाको विरुद्ध चालिएका कदमको प्रभावकारी कार्यान्वयन भएन/नभएकोबारे काठमाडौँ जिल्ला प्रशासन कार्यालयको टोलीले विभिन्न स्थानमा अनुगमन गरेको छ ।

टोलीले आइतबार काठमाडौंको बसन्तपुर, बिशाल बजार र काठमाडौँ मलका साथै सुन्धरा क्षेत्रमा अनुगमन गरेको हो ।

अनुगमनका क्रममा माक्स नलगाउने ६८ जनालाई कारवाही गरेको र केहीलाई सम्झाई बुझाई छाडेको काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले बताए ।

उनले विशाल बजार र काठमाडौँ मलमा अधिकांश व्यापारी र सर्वसाधारणले समेत सुरक्षा मापदण्ड पालना नगरेको पाइएको बताए ।

पौडेलले कोरोना महामारी नियन्त्रणका लागि सर्वसाधारण पनि सचेत हुनुपर्ने र स्वास्थ्यमापदण्डको प्रभावकारी कार्यान्वयन हुनुपर्ने बताए ।