राशिफल

आज २०७८ असोज ६ गते बुधबारको राशिफल

By खबरहब

September 22, 2021

आज २०७८ असोज ६ गते बुधबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिषी एस्ट्रो राजले यस्तो फलादेश गर्नुभएको छ-

 

मेष (चु , चे , चो , ला , लि , लु , ले , लो , अ)

नयाँ कामको थालानी या योजना बन्ने । दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । न्यायिक कार्यमा सफलता मिल्नेछ । शुभकार्यको चर्चा पनि चल्नेछ ।

वृष (इ , , , , वा , वि , वु , वे , वो)

आज आलस्य र थकानको अनुभूति हुनेछ । व्यक्तिगत स्वास्थ्य र यात्राप्रति सतर्क रहनु पर्नेछ, तर आफन्तको साथ र सहयोग मिल्नेछ ।

मिथुन (का , कि , कु , , , , के , को , हा)

यात्रा गर्दा सचेत हुनुपर्नेछ । महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ । झञ्झटिलो काम आइपर्ला । नजिकका व्यक्तिबाट विश्वासघात हुन सक्छ ।

कर्कट (हि , हु , हे , हो , डा , डि , डु , डे , डो)

आज गरेका काममा ढिलासुस्ती हुनेछ । सानो भूलका कारण अपमानित बन्न सक्नुहुन्छ, तर आर्थिक कारोवारमा सफलता मिल्नेछ ।

सिंह (मा , मि , मु , मे , मो , टा , टि , टु , टे)

आज शंका तथा डरका कारण बनिसकेको काममा दुविधा उत्पन्न हुन सक्छ । भोजभतेरमा सामेल हुँदा स्वास्थ्यको ख्याल गर्नुहोला ।

कन्या (टो , पा , पि , पु , , , , पे , पो)

आज एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । शत्रु र विपक्षी पराजित हुन सक्छन् । विपरित वर्गको भेट र साथ मिल्ने राम्रो योग छ ।

तुला (रा , रि , रु , रे , रो , ता , ति , तु , ते)

आज लाभदायक यात्रा हुनेछ । नयाँ कार्यको महत्त्वपूर्ण योजना बन्नेछ । शेयर बाजार र व्यापार, व्यवसायबाट लाभ मिल्नेछ ।

वृश्चिक (तो , ना , नि , नु , ने , नो , या , यि , यु)

वाक्पटुता द्वारा आफ्नो काम सफल बनाउन सकिनेछ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । नयाँ कार्यको थालनी हुन सक्छ ।

धनु (ये , यो , भा , भि , भु , धा , फा , ढा , भे)

आज दाजु भाइबाट सहयोग र ससुराली पक्षसंग सम्बन्ध राम्रो बन्नेछ । कृषि कार्यबाट लाभ मिल्नेछ । आफन्तसंग भेट घाट पनि हुनेछ ।

मकर (भो , जा , जि , जु , जे , जो , , खि , खु , खे , खो , गा , गि)

धर्म, कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । रोकिएको धन र व्यापार,व्यवसायमा लाभ मिल्नेछ । यात्राको योग पनि छ ।

कुम्भ (गु , गे , गो , सा , सि , सु , से , सो , दा)

आज मनमा सात्विक बिचारहरू र अनुहारमा चमक आउनेछ । शुभ समाचार सुन्न पाइएला । सामाजिक क्षेत्रमा सफलता पनि मिल्नेछ ।

मीन (दि , दु , , , , दे , दो , चा , चि)

विद्या र नयाँ ज्ञान बढ्नेछ । आकस्मिक धन लाभ हुनेछ । दाम्पत्य जीवन सुखमय हुनेछ, तर सामाजिक र धार्मिक कार्यमा खर्च बढ्न सक्छ ।