खेलकुद

स्वारेज चम्किँदा एट्लेटिकोको पुनरागमन जित

By खबरहब

September 22, 2021

काठमाडौँ- फरवार्ड लुइस स्वारेज चम्किँदा एट्लेटिको मड्रिडले स्पेनिस ला लिगा फुटबलमा पुनरागमन जित निकालेको छ ।

एक गोलले पछि परेको अवस्थामा खेलको अन्त्यतिर उरुग्वेली फरवार्ड लुइस स्वारेजले दुई गोल गर्दै एट्लेटिकोले गेटाफेलाई २-१ ले जिताएका हुन् ।

घरेलु टोलीका स्टेफन मित्रोभिकले पहिलो हाफको अन्त्यमा गरेको गोल सान्त्वना मात्रै बन्यो ।

जितसँगै एट्लेटिको १४ अंकसहित शीर्षस्थानमा उक्लिएको छ । पराजित गेटाफे अंकबिहीन हुँदै पुछारमा छ ।