समाचार

पृथ्वी राजमार्गमा पहिरो, यातायात अवरूद्ध

By खबरहब

September 22, 2021

काठमाडौँ- पृथ्वी राजमार्ग अन्तर्गत चितवनको नाग्दी खोला नजिकै पहिरो खस्दा यातायात अवरूद्ध भएको छ ।

इच्छाकामना गाउँपालिका-४ घोप्टेभिरमा मंगलबार राति ११:४५ बजेतिर पहिरो खसेर सडक अवरूद्ध भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

पहिरोले सडक अवरूद्ध भएपछि दुबैतर्फ दर्जनौँ सवारीसाधनको लाइन लागेको छ । ठूलो पहिरो खसेकाले सडक खुलाउन केही समय लाग्ने प्रहरीले जनाएको छ ।