फाइल फोटो

राजनीति

डा. खड्का परराष्ट्रमन्त्री नियुक्त, शपथलगत्तै न्यूयोर्क जाने

By खबरहब

September 22, 2021

काठमाडौँ–राष्ट्रपति विद्यादेवी भण्डारीले कांग्रेस नेता डा नारायण खड्कालाई परराष्ट्रमन्त्री नियुक्त गरेकी छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा खड्कालाई मन्त्री नियुक्त गरिएको हो ।

नवनियुक्तमन्त्री खड्काको बुधबार दिउँसो १ बजे शपथ हुने कार्यक्रम तय भएको छ । शपथपछि उनी सिंहदरबार गएर कार्यभार सम्हाल्ने छन् ।

कार्यभार सम्हालेर मन्त्री खड्का संयुक्त राष्ट्रसंघको ७६ औं महासभामा भाग लिन बुधबारै न्यूयोर्क जाने कार्यक्रमसमेत तय भइसकेको छ ।

सत्ता गठबन्धनका नेताहरुको मंगलबार बसेको बैठकमा डा. खड्कालाई परराष्ट्रमन्त्री नियुक्त गर्ने सहमति भएको थियो ।