फाइल तस्वीर

समाचार

पहिरो हटाएर पृथ्वी राजमार्गमा यातायात सञ्चालन

By खबरहब

September 22, 2021

चितवन- चितवनको इच्छाकामनामा खसेको पहिरो हटाइएपछि राजमार्गमा यातायातका साधन सञ्चालनमा आएका छन् ।

इच्छाकामना गाउँपालिका–४ घोप्टेभिरमा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो ।

गएराति ११:४५ बजे पहिरो खसेपछि राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको थियो ।  अहिले पहिरो पन्छाउने काम सकिएपछि  जाममा परेका सवारी साधन खुलेका हुन् ।