फाइल फोटो

आर्थिक

बढ्यो सुनको भाउ, कतिमा भइरहेको छ कारोबार ?

By खबरहब

September 22, 2021

काठमाडौँ– नेपाली बजारमा आज सुनको मूल्य वृद्धि भएको छ ।

मंगलबार छापावाल सुन प्रतितोला ८९ हजार २०० रुपैयाँमा कारोबार  भएकोमा आज ९०० रूपैयाँ बढेर ९० हजार १०० रूपैयाँमा कारोबार भइरहेको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुन प्रतितोला ८९ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदी प्रतितोला २५ रूपैयाँले बढेको छ । आज चाँदी १ हजार १६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।