फाइल फोटो

राजनीति

कांग्रेस महाधिवेशन : गच्छदारले आफ्नो धारणा सार्वजनिक गर्दै

By खबरहब

September 22, 2021

काठमाडौँ– नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले आज (बुधबार) आफ्नो धारणा सार्वजनिक गर्दैछन् ।

दिउँसो १ बजे तीनकुनेमा पत्रकार सम्मेलन गरेर गच्छदारले पार्टीको १४ औं महाधिवेशनमा आफ्नो भूमिका के हुने भन्नेबारे धारणा सार्वजनिक गर्न लागेका हुन् ।

महाधिवेशनमा उपसभापतिमा उम्मेदवारी दिने उनको तयारी रहेको बुझिएको छ ।

०७४ को आम चुनावअघि फोरम लोकतान्त्रिक पार्टी कांग्रेसमा समाहित गराएका गच्छदार बालुवाटार जग्गा प्रकरणमा मुछिएपछि गुमनाम जस्तै थिए । उक्त मुद्दामा गच्छदार ३० असारमा  १० लाख धरौटीमा रिहा भएका थिए ।