बलिउड/हलिउड

इन्गेजमेन्ट अघि नै कलाकार जोडीको दुर्घटनामा निधन

By खबरहब

September 22, 2021

मुम्बई(नवभारत टाइम्स)– मराठी फिल्म अभिनेत्री इश्वरी देशपाण्डेको सडक दुर्घटनामा निधन भएको छ । यो घटना सोमबार बिहान गोवाको बरदेज तालुकामा भएको हो ।

इश्वरी सवार गाडीमा उनको नजिकको साथी शुभम देडगे पनि थिए । दुर्घटना पश्चात दुवैको घटनास्थलमै मृत्यु भएको थियो । प्रहरीका अनुसार इश्वरी चढेको गाडी सडकबाट तल गहिरो पोखरीमा खसेको थियो ।

गोवाको बरदेज प्रहरीले इश्वरी र शुभको शव पानीबाट निकालेको थियो । दुवैको शव कारमै थियो । प्रत्यक्षदर्शीका अनुसार इश्वरी र शुभ सवार गाडी तिब्र गतिमा कुदेको थियो । जसकारण सन्तुलन बिग्रिएपछि गाडी सडकबाट गहिरो पोखरीमा खसेको थियो । तर कार कसले चलाएको थियो भन्ने केही खुल्न आएको छैन ।

इश्वरी र शुभम प्रेम सम्बन्धमा थिए । उनीहरु आगामी महिना इन्गेजेमन्ट र त्यसपछि विवाह गर्ने योजनामा थिए । बिदा मनाउनका लागि दुवै सेप्टेम्बर १५ मा गोवा आएका थिए ।

इश्वरी र शुभमले हालैमात्र मराठी र हिन्दी फिल्मको सुटिङ पुरा गरेका थिए । त्यसपछि उनीहरु गोवा गएका थिए । गोवाबाट फर्किदा उनीहरु यो दुर्घटनामा परेका थिए ।