सांकेतिक तस्बिर

समाचार

भक्तमान श्रेष्ठ अपहरण प्रकरणका फरार अपराधी पक्राउ

By खबरहब

September 22, 2021

काठमाडौँ– बीपी कोइराला क्यान्सर अस्पताल भरतपुरका तत्कालीन निर्देशक डा. भक्तमान श्रेष्ठको अपहरणमा प्रकरणका एकजना फरार अपराधी पक्राउ परेका छन् ।

अपराधी ठहर भएर ९ वर्षको कैद सजाय पाएका राजेन्द्र पण्डितलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको सीआईबीको उच्च स्रोतले जनायो ।

पण्डितलाई तत्कालीन पुनरावेदन अदालत, हेटौँडा इजलासले ९ वर्ष कैद र ५० हजार जरिवानाको सजाय सुनाएको थियो । उनलाई मंगलबार नुवाकोटको मुलाबारीस्थित आफ्नै घरमा बसेको अवस्थामा पक्राउ गरिएको स्रोतले जनाएको छ ।

उनी लामो समय भारतमा लुकेर बसेका थिए । घर आएको समयमा उनलाई सीआईबीले पक्राउ गरेको हो । अदालतको फैसला कार्यान्वयनका लागि बुधबार उनलाई अदालतमा उपस्थित गराइँदै छ।