प्रतिकात्मक तस्वीर

देश/प्रदेश

सुर्खेतमा बस दुर्घटना, ४ जना गम्भीर घाइते

By खबरहब

September 22, 2021

काठमाडौँ– सुर्खेतको सिम्तामा बुधबार बस दुर्घटना हुँदा ४ जना गम्भीर घाइते भएका छन् । सिम्ता गाउँपालिका वडा नम्बर ४ को बजेडीचौरमा बुधबार बिहान यात्रुबाहक बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका एसपीले जानकारी दिए ।

उनका अनुसार सो बसमा २४ जना यात्रु रहेकोमा १२ जनालाई चोटपटक लागेको छ । ती मध्ये ४ जनालाई बढी चोट लागेको छ । सिम्ताका सन्तोष गिरी, सिम्ताकै आइती सुनार, बस चालक बाँकेको कोहलपुरका बिमोससिंह लामा र बाँकेको बैजनाथ गाउँपालिकाका बसका सहचालक बीरबहादुर बस्नेतलाई बढी चोट लागेको छ । उनीहरुको मेहलकुना अस्पतालमा उपचार भइरहेको छ ।

ना ७ ख ६०६३ नम्बरको बस सडकबाट करिब १५ मिटर तल खसेको छ । सडक साँघुरो भएका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ।