राजनीति

नवनियुक्त परराष्ट्रमन्त्री खड्काले सम्हाले कार्यभार

By खबरहब

September 22, 2021

काठमाडौँ– नवनियुक्त परराष्ट्रमन्त्री डा. नारायण खड्काले बुधबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा कार्यभार सम्हालेका छन् । उनलाई परराष्ट्र सचिब भरतराज पौड्यालले स्वागत गरेका थिए ।

मन्त्री खड्काले बुधबारै पद तथा गोपनीयताको शपथ ग्रहरण गरेका थिए। राष्ट्रपति निवास शीतल निवासमा प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई शपथ दिलाइन् ।

प्रधानमन्त्री देउवाको सिफारिसमा डा. खड्कालाई बुधबार नै राष्ट्रपति भण्डारीले मन्त्री नियुक्त गरेकी थिइन् । खड्का नेपाली प्रनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रसंघको महासभामा भाग लिन बुधबार न्यूयोर्क प्रस्थान गर्नेछन् ।

Newly appointed Foreign Minister Hon. Dr. Narayan Khadka assumed office of the Foreign Minister of Nepal today. Foreign Secretary @PaudyalBR and other officials of the Ministry warmly welcomed the Hon. Minister at MoFA. @MofaNepal @sewa_lamsal pic.twitter.com/YldAeAbtnG

— MOFA of Nepal 🇳🇵 (@MofaNepal) September 22, 2021