समाचार

काठमाडौँ उपत्यकामा थपिए ५६४ कोरोना संक्रमित

By खबरहब

September 22, 2021

काठमाडौँ- पछिल्लो  २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै ५६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ३५५ जना, भक्तपुरमा ५८ र ललितपुरमा १५१ जना संक्रमित थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा थप एक हजार ४७८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार हाल देशभर २१ हजार १३९ जना सक्रिय संक्रमित रहेका छन्।

यस्तो छ काठमाडौँ उपत्यकाको विस्तृत विवरण