?????? ??????????? ????????? ??? ?????????????? ??? ?????? ??????????? ?????? ????

राजनीति

असोज ९ मै स्थानीय तह अधिवेशन गर्ने कांग्रेसको निर्णय

By खबरहब

September 22, 2021

काठमाडौँ– नेपाली कांग्रेसले वडा अधिवेशन सकिएका जिल्लाहरुमा यसअघिकै कार्यतालिका अनुसार यही असोज ९ गते नै स्थानीय तहको अधिवेशन गर्ने निर्णय गरेको छ ।

बुधबार बसेको पदाधिकारी बैठकले वडा अधिवेशन सम्पन्न भएका जिल्लामा स्थानीय तहको अधिवेशन गर्ने निर्णय गरेको प्रवक्ता विश्वप्रका शर्माले जानकारी दिए ।

क्रियाशील सदस्यता विवादका कारण अझै १३ जिल्लामा वडा अधिवेशन हुन सकेको छैन । यसअघि असोज ५ गतेसम्म सम्पूर्ण जिल्लाको वडा अधिवेशन सम्पन्न गर्ने कार्यतालिका बनाइएको थियो । तर, क्रियाशील सदस्यता विवादका कारण १३ जिल्लामा अधिवेशन हुन सकेको छैन ।

७५३ वटै स्थानीय तहको अधिवेशन एकैदिन गर्ने भनिएकोमा अब त्यस्तो नहुने भएको छ।