फाइल फोटो

राजनीति

सत्ता गठबन्धन दलको बैठक जारी

By खबरहब

September 22, 2021

काठमाडौँ– मन्त्रिपरिषद विस्तारबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बसिरहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गठबन्धनका शीर्ष नेताहरुको बैठक बसेको हो । बैठकले मन्त्रिपरिषद् विस्तारबारे टुंगो लगाउने नेताहरुले बताएका छन् ।

यसअघि मंगलबार बसेको बैठकले डा. नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाउने सहमति गरेको थियो । सोही सहमति अनुसार बुधबार खड्का परराष्ट्रमन्त्री नियुक्त भएका छन् ।

बैठकमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादवलगायत नेताहरु सहभागी छन् ।

यो बैठकमा राजनीतिक दल सम्बन्धी अध्यादेश प्रतिस्थापन गर्ने विषयमा पनि छलफल चलिरहेको छ । प्रतिस्थापन विधेयक नल्याइए आफ्नो पार्टी विभाजन हुने भन्दै जसपाले सरकारमा सहभागी हुन अस्वीकार गर्दा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको छ ।