समाचार

भारतीय विदेशमन्त्री जयशंकरले दिए परराष्ट्रमन्त्री खड्कालाई बधाई

By खबरहब

September 22, 2021

काठमाडौँ— भारतका विदेशमन्त्री एस.जयशंकरले नेपालका नवनियुक्त परराष्ट्रमन्त्री नारायण खड्कालाई बधाई दिएका छन् ।

बुधबार मन्त्री नियुक्त भएका खड्कालाई जयशंकरले ट्वीटमार्फत बधाई दिएका हुन् ।

जयशंकरले ट्वीटमा खड्कासँग काम गर्नको लागि तयार रहेको पनि उल्लेख गरेका छन् ।

यस्तो छ उनको ट्वीट

Congratulations to Hon’ble Dr. Narayan Khadka on his appointment as Nepal’s Foreign Minister.

Look forward to working with him.

— Dr. S. Jaishankar (@DrSJaishankar) September 22, 2021