यसरी बनाउन सकिन्छ मिठो मालपुवा

By खबरहब

October 22, 2021

आवश्यक सामग्री :

१० टेबुल स्पुन पाउडर दूध, ५ टेबुल स्पुन मैदा, ४ टेबुल स्पुन सुजि, ४ टेबुल स्पुन चामलको पिठो, १ चिम्टी अलाइचीको धुलो, २ कप चिनी (एक कप पानीमा पाक बनाउने) १ टि स्पुन नेपाली सुप, एक पाकेट दूध, तार्नको लागि तेल ।

बनाउने तरिका :

चिनी बाहेक सबै सामग्रीलाई दूधमा मिसाएर गाढा घोल बनाउने र एक घण्टा छोडिदिनु र चिनीको पाक राख्नु र तेल तताई सानो डाडुले तेलमा एक एक डाडु गरेर राखी तार्नु । अलि रातो भएपछि निकाल्नु (यदि पाउडर दूध नभएमा दूधले पनि हुन्छ ।)

साभार : सजिलो कुकिङ पुस्तकबाट