क्रिकेट

टी-ट्वान्टी विश्वकप क्रिकेटमा स्कटल्याण्डलाई ऐतिहासिक उपलब्धि

By खबरहब

October 22, 2021

काठमाडौँ- स्कटल्याण्डले आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा ऐतिहासिक उपलब्धि हासिल गरेको छ ।

बिहीबार राति भएको खेलमा घरेलु टिम ओमानलाई ८ विकेटले पराजित गर्दै स्कटल्याण्ड सुपर- १२ मा पुगेको हो । स्कटल्याण्ड पहिलो पटक विश्वकपको सुपर १२ मा प्रवेश गरेको हो ।

ओमानले दिएको १ सय २३ रनको लक्ष्य स्कटल्याण्डले १७ ओभरमा मात्र २ विकेट गुमाएर पूरा गर्‍यो । स्कटल्याण्डको जितमा कप्तान केली कोयट्जरले ४१ रन बनाए । म्याथ्यु क्रसले अविजित २६ रन जोड्दा रिची बेरिङटनले अविजित ३७ रन बनाए । जर्ज मुन्सेले २० रन बनाए ।

ओमानका खावर अली र फायज बुटले १/१ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको ओमानले २० ओभरमा अलआउट हुँदै १ सय २२ रन बनाएको थियो । ओमानका लागि अकिब इल्यासले ३७ रन जोड्दा जिशन मक्सुदले ३४ रन बनाए ।