क्रिकेट

बंगलादेश टी-ट्वान्टी विश्वकपको सुपर-१२ मा

By खबरहब

October 22, 2021

काठमाडौँ- बंगलादेश आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटको सुपर-१२ मा पुगेको छ ।

ओमान क्रिकेट मैदानमा बिहीबार पपुवा न्यू गिनी (पीएनजी) लाई ८४ रनले पराजित गर्दै बंगलादेश दोस्रो जितसहित सपुर-१२ मा पुगेको हो ।

बंगलादेशले दिएको १ सय ८२ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको पीएनजी १९ ओभर ३ बलमा अलआउट हुँदै ९७ रनमा समेटिएपछि बंगलादेशले सुपर-१२ को स्थान सुरक्षित गरेको हो ।

पीएनजीका किप्लिन डोरिगाले सर्वाधिक ४६ रन बनाए । चाड सोपेरले ११ रन जोड्दा कप्तान असाद भाला ६ रनमा आउट भए ।

पीएनजीलाई सस्तैमा समेट्न बंगलादेशका शकिब अल हसनले ४ विकेट लिए । मोहमद सैफुदीन र ताक्सिन अहमेदले २/२ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको बंगलादेशले २० ओभरमा ७ विकेट गुमाएर १ सय ८१ रन बनाएको थियो । बंगलादेशका लागि कप्तान महमुदउल्लाहले ५० रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै शकिब अल हसनले ४६ रन जोड्दा लिटोन दासले २९ रन बनाए ।