खेलकुद

युरोपा लिग : लियोनको पुनरागमन जित

By खबरहब

October 22, 2021

काठमाडौँ– युरोपा लिग फुटबलमा फ्रान्सेली क्लब लियोनले पुनरागमन जित निकालेको छ ।

बिहीबार राति भएको खेलमा दुई गोलले पछि परेको अवस्था उल्ट्याउँदै लियोनले स्पार्टा प्राहालाई ४–३ गोलले हराएको हो ।

लियोनको जितमा कार्ल टोको इकम्वीले दुई तथा होउसिम एउअर र लुकास पाक्वेटाले समान एक गोल गरे ।

स्पार्टा प्राहाका लुकास हरसलिनले दुई तथा लाडिस्लाभ क्रेजसिले एक गोल गरे ।

जितसँगै लियोन समूह ‘ए’ मा ३ खेलमा ९ अंकसहित शीर्षस्थानमा यथावत छ । पराजित स्पार्टा प्राहा ४ अंकसहित दोस्रो स्थानमा छ ।