सांकेतिक तस्वीर

देश/प्रदेश

भारतमा कर्मचारीको महँगी भत्ता बढ्यो, जुलाइदेखि लागू हुने

By खबरहब

October 22, 2021

नयाँदिल्ली – भारतको केन्द्र सरकारले कर्मचारीको महँगी भत्ता बढाएको छ ।

केन्द्र सरकारको मन्त्रिपरिषद्ले केन्द्र सरकारका कर्मचारीले पाउने महँगी भत्ता (डिए) मा तीन प्रतिशत वृद्धि गर्न स्वीकृति दिएको हो।

यो निर्णय १ जुलाइ २०२१ बाट लागू हुनेछ । पेन्सनधारीले पाउने महँगी राहत (डीआर) पनि तीन प्रतिशतले बढेको छ ।

सातौँ केन्द्रीय वेतन आयोगको सिफारिसका आधारमा भत्ता वृद्धि गरिएको हो । यसबाट केन्द्र सरकारका करिब ४७ लाख १४ हजार कर्मचारी र ६८ लाख ६२ हजार पेन्सनधारीले लाभ पाउनेछन् ।