खेलकुद

युरोपा लिग : भिटेससँग टोटनहम पराजित

By खबरहब

October 22, 2021

काठमाडौँ- युरोपा कन्फरेन्स लिग फुटबलमा डच क्लब भिटेसले इंग्लिस क्लब टोटेनहमलाई हराएको छ ।

बिहीबार राति भएको खेलमा भिटेसले टोटेनहमलाई १-० गोलले हराएको हो । भिटेसको जितमा माक्सिमिलियन विटेकले ७८औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो ।

जितसँगै समूह जी को भिटेस ३ खेलमा ६ अंक जोड्दै दोस्रो स्थानमा छ । पराजित टोटेनहम ४ अंकसहित चौथो स्थानमा छ ।