जोक्स

जोक्स : तालुखुइलेको पीडा

By खबरहब

October 22, 2021

पूर्णजी लाइसेन्स बनाउन यातायात कार्यालय गएको बेला नजिकका साथी नारायण पनि त्यहीँ भेटिए ।

उनीहरुबीच कुराकानी भयो —

पूर्ण : ओ हो नारायणजी, नमस्कार ।

नारायण : टेन्सन भो यार कस्तो टाउको लिएर जन्मिएछ । (नारायण तालुखुइले हुन्)

पूर्ण : के भयो र नारायणजी, लाइसेन्स बनेन् ?

नारायण : फर्म नै भरेको छैन नि ।

पूर्ण : किन ?

नारायण : नाम, उमेर, लिङ्ग, वतन सबै भरेँ, कपालको रङ्ग पनि लेख्नुपर्ने रहेछ । के लेख्ने हो हामीजस्ताले चाहिँ ?

साभार  : हँसाउने चुट्किला पुस्तकबाट