क्रिकेट

पन्ज्युनयाँ टि-२० क्रिकेट कार्तिक ७ बाट

By खबरहब

October 22, 2021

बैतडी – दोस्रो संस्करणको पन्ज्युनयाँ टि–२० क्रिकेट कप प्रतियोगिता यही कात्तिक ७ गतेबाट हुने भएको छ । सुशितम युवा क्लब पन्ज्युनयाँको आयोजनामा हुने प्रतियोगिताको विजेताले रु ७७ हजार ७७७ र उपविजेताले रु ३३ हजार ३३३ पुरस्कार पाउनेछ ।

म्यान अफ द सिरिजलाई रु पाँच हजार ५५५, बेस्ट बलर र बेस्ट ब्यास्टम्यानलाई समान रु तीन हजार ३३३ पुरस्कार पाउने क्लबका सदस्य गोपाल कार्कीले जानकारी दिए।

दोगडाकेदार गाउँपालिका – ६ पन्ज्युनयाँमा रहेको पन्ज्युनयाँ खेल मैदानमा सञ्चालन हुने खेल पावरप्लेअनुसार खेलाइने जनाइएको छ । क्लबले आजबाट लागि टिम दर्ता खुला गरेको छ । सोका लागि टिम दर्ता शुल्क रु सात हजार तोकिएको छ । सहभागी हुने टिममा एउटै वडाका मात्रै खेलाडी हुनुपर्ने जनाइएको छ ।

यसअघि पहिलो संस्करणको पन्ज्युनयाँ टि–२० क्रिकेट कपको उपाधि दोगडास्टार क्लबले हात परेको थियो ।