खेलकुद

युरोपा लिग : बोडो ग्लिम्टको फराकिलो जित

By खबरहब

October 22, 2021

काठमाडौँ- युरोपा कन्फरेन्स लिग फुटबलमा नर्वेको बोडो ग्लिम्टले फराकिलो जित निकालेको छ ।

बिहीबार राति भएको खेलमा इटालियन क्लब रोमा बोडो ग्लिम्टसँग ६-१ गोलले पराजित भएको हो ।

बोडोको जितमा एरिक बोथिम र ओला सोल्बाकेनले २/२ गोल गरे । प्याट्रिक बर्ज र अमहल पेल्लिग्रेनोले १/१ गोल गरे । रोमा चार्ल्स परेजले १ गोल फर्काए ।

जितसँगै समूह सी को बोडो ३ खेलमा ७ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ । रोमा ६ अंकसहित दोस्रो स्थानमा छ ।