आर्थिक

न्यादी हाइड्रोपावरको आईपीओ पर्‍यो कि परेन ? यसरी हेर्नुहोस्

By खबरहब

October 22, 2021

काठमाडौँ– न्यादी हाइड्रोपावरको लिमिटेडलले निष्काशन गरेको आईपीओ बाँडफाँड सम्पन्न भइसकेको छ ।

आईपीओको नतिजा कम्पनीको वेबसाइट, बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको वेबसाइट, सिडीएससीको मेरो सेयर र सिडीएसको नयाँ वेबसाइटबाट हेर्न सकिने छ ।

जस अनुसार न्यादी हाइड्रोपावरको वेबसाइट, बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको वेबसाइट, सिडीएससीको मेरो सेयरको वेबसाइटसिडीएसले आईपीओको लागि सञ्चालन गरेको वेबसाइटबाट हेर्ने सकिने छ ।

आइपीओमा २२ लाख ५५ हजार ८४ जना आवेदकबाट २ करोड ७० लाख ८९ हजार १ सय ५० कित्ताको लागि आवेदन परेको थियो । जसमध्ये १३ हजार ९ सय ४६ जनाको आवेदन रद्द भएको छ । योग्य रहेका २२ लाख ४१ हजार १ सय ३८ जना आवेदकलाई गोलाप्रथामा सहभागी गराएर सेयर बाँडफाँड गरिएको विक्री प्रबन्धकले जनाएको छ ।

आइपीओमा गोलाप्रथा मार्फत २ लाख २ हजार २ सय ५० जनाले १० कित्ताको दरले सेयर पाउने भएका छन् भने आवेदन दिएकामध्ये २० लाख ५२ हजार बढी आवेदकको हात खाली भएको छ ।