आर्थिक

सुनको मूल्य स्थीर, चाँदीको घट्यो

By खबरहब

October 22, 2021

काठमाडौँ– नेपाली बजारमा आज सुनको मूल्य स्थीर छ ।

आज छापावाल सुन बिहीबारको मूल्य अनुसार नै प्रतितोला ९१ हजार ७०० रुपैयाँमा कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार तेजावी सुन आज प्रतितोला ९१ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदी तोलाको १० रुपैयाँले घटेर १ हजार २५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।