अटो

डिजाइन र टेक्नोलोजीमा एक नम्बर चांगन अटो, अब सेफ्टीमा पनि अग्रस्थानमा

By खबरहब

October 22, 2021

काठमाडौँ– डिजाइन र टेक्नोलोजीमा एक नम्बर मानिएको चांगन अटोले सेफ्टीलाई पनि प्राथमिकतामा राखेको छ ।

युनि-टीले सीएनसएपीको मूल्यांकनमा ५ स्टार सुरक्षा मापदण्ड प्राप्त गरेको छ ।

“भविष्य उन्मुख निर्माता” को रूपमा मानिएको चांगन युनि-टीले १५ सेप्टेम्बर, २०२१मा सुरक्षा दुर्घटना परीक्षण आकलन परिणाममा, सीएटीएआरसी (चाइना अटोमोटिभ टेक्नोलोजी र रिसर्च सेन्टर) द्वारा ५ स्टार सुरक्षा मापदण्ड हासिल गर्न सफल भएको हो ।

चांगन अटो उच्चस्तरीय डिजाइन र प्रविधिको सन्दर्भमा निकै प्रतिष्ठित छ। सीएटीएआरसी द्वारा ५ स्टार प्रमाणीकरण प्राप्त गरेपछि, चांगनले अब सुरक्षाको रूपमा अर्को विशेषज्ञता समेटेको छ।

विश्व प्रख्यात, चीनको नंबर १ प्यासेन्जर ब्रान्ड, चांगन अटो अब छिट्टै नेपालमा आफ्नो विभिन्न प्रिमियम गाडीहरुका साथ आउँदै छ।