cf]xf]bfsf] k|df0fkq k|:t't sf7df8f}F, % sflQs . /fi6«klt ljBfb]jL e08f/L;dIf g]kfnsf nflu blIf0f clk|msfsf u}/cfjf;Lo /fhb"t hf]Pn l;a'l;;f] PG8]a]n cfˆgf] cf]xf]bfsf] k|df0fkq k]z ub}{ . t:jL/ M /Tg >]i7, /f;;

देश/प्रदेश

चार देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

By खबरहब

October 22, 2021

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि ब्राजिल, इटाली, माल्टा र दक्षिणअफ्रिकाका नवनियुक्त राजदूतले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन् ।

राष्ट्रपति भवन, शीतल निवासमा आज अपराह्न आयोजित विशेष समारोहमा नेपालका लागि ब्राजिलका आवासीय राजदूत कार्लोस अल्वेर्टो माइकल्सेन डेन हार्टोगसहित इटाली, माल्टा र दक्षिणअफ्रिकाका गैरआवासीय राजदूतहरू क्रमशः भिन्चेञ्जो डि लुक्का, रुबिन गाउची र जोएल सिबुसिसो एन्डेबेलेले आ–आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका हुन् ।

त्यस अवसरमा परराष्ट्रमन्त्री डा नारायण खड्का, प्रधानसेनापति प्रभुराम शर्मा, राष्ट्रपतिको कार्यालय र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरूको उपस्थिति थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि ब्राजिलका आवासीय राजदूत कार्लोस अल्वेर्टो माइकल्सेन डेन हार्टोग आˆनो ओहोदाको प्रमाणपत्र पेश गर्दै ।
राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि इटालीका गैरआवासीय राजदूत भिन्चेञ्जो डि लुक्का आˆनो ओहोदाको प्रमाणपत्र पेश गर्दै ।
राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि माल्टाका गैरआवासीय राजदूत रुबिन गाउची आˆनो ओहोदाको प्रमाणपत्र पेश गर्दै ।