समाचार

नेपालको पुनर्निर्माण सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने (भिडियो)

By खबरहब

October 22, 2021

काठमाडौँ– भूकम्प पछिको पुनर्निर्माणमा हासिल गरेको उपलब्धि र अनुभव विश्वसामु जानकारी गराउन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले काठमाडौंमा अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ ।

२०७२ साल वैशाख १२ गते गएको गोरखा भूकम्पले भत्काएका संरचना पुनर्निर्माणको नेतृत्व गरेको प्राधिकरणले आगामी मंसिर २१ देखि २३ सम्म सम्मेलन आयोजना गर्न लागेको हो ।

नेपालको पुनर्निर्माणसम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन,२०२१ राजधानीको हायात होटलमा हुनेछ ।

सम्मेलनमा निजी आवास पुनर्निर्माण, सांस्कृतिक सम्पदा पुनर्निर्माण, सार्वजनिक पूर्वाधार पुनर्निर्माण, जीविकोपार्जन तथा आर्थिक पुनर्स्थापना र सुशासनका विभिन्न पक्षमा गरिएका अनुसन्धानत्मक विषयवस्तु प्रस्तुत गरिनेछ ।

सम्मेलनमा सहभागी हुन स्वदेशी तथा विदेशी पाहुना, विषय विज्ञ तथा विभिन्न संघसंस्थाका प्रतिनिधिलाई निमन्त्रणा गरिएको प्राधिकरणका कार्यकारी समितिका सदस्य तथा अन्तराष्ट्रिय सम्मेलन आयोजक समितिका संयोजक डा. चन्द्रबहादुर श्रेष्ठले बताए ।