फाइल फोटो

राजनीति

महाधिवेशनको पूर्वसन्ध्यामा एमाले स्थायी कमिटी बैठक

By खबरहब

November 22, 2021

काठमाडौँ – पार्टीको १०औँ महाधिवेशनमा होमिएको नेकपा (एमाले)को स्थायी कमिटी बैठक आज सोमबार बस्दैछ ।

बैठक दिउँसो ३ बजे तुलसीलाल स्मृति प्रतिष्ठान च्यासलमा बस्ने एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

महाधिवेशन १०-१२ मंसिरमा चितवनमा हुँदैछ । त्यसको पूर्वसन्ध्यामा स्थायी कमिटी बस्न लागेको हो । सचिव तामाङका अनुसार बैठकमा महाधिवेशन तयारीको समीक्षा र महाधिवेशन प्रतिनिधि मनोनयनबारे छलफल हुनेछ ।

एमालेको १०औँ महाधिवेशनमा कुल प्रतिनिधिको पाँच प्रतिशत केन्द्रीय कमिटीले मनोनयन गर्ने व्यवस्था छ । जसअनुसार करिब एक सय महाधिवेशन प्रतिनिधि मनोनित हुनेछन् ।