टिप्स

महिनावारी हुँदा धेरै रगत बग्छ ? यी हुन् घरेलु उपाय

By खबरहब

November 22, 2021

हरेक महिलाका लागि महिनावारी एक प्राकृतिक प्रक्रिया हो । सबै महिलामा यसबारे आवश्यक ज्ञान नहुन सक्छ । तर धेरैले महिनावारीका विषयमा खुलेर कुरा गर्दैनन् ।

महिनावारीको समयमा धेरै मात्रामा रगत बग्नुमा विभिन्न कारण हुने गर्दछ । धेरै रगत बग्दा शरीरमा हर्मोनको सन्तुलन बिग्रने गर्दछ ।

बढी रगत बग्न नदिने केही घरेलु उपाय 

क) सुन्तलाको जुस एक गिलास सुन्तलाको जुसमा दुई चम्चा कागतीको रस मिलाएर दैनिक तीनदेखि चार पटकसम्म पिउँदा यो समस्यामा राहत मिल्दछ ।

ख) धनियाँ एक गिलास पानीमा धनियाँको पाउडर मिसाएर उमाल्ने र चिसो भएपछि पिउँदा पनि महिनावारीका समयमा बढी रगत बग्ने समस्या हट्छ ।

ग) अमलाको जुस अमलाको रसमा पुदिनाको रस मिसाएर दहीमा मिसाई पिउँदा पनि रगत बग्ने समस्या कम हुन्छ ।

घ) मेवा मेवामा पाइने पपाइन एन्जाइम्सले रगत बग्ने समस्या कम गर्दछ ।

ङ) उखुको जुस सातामा एक पटक उखुको जुस पिउँदा महिनावारी हुँदा धेरै रगत बग्ने समस्या कम हुन्छ ।

च) दालचिनी एक कप पानीमा दालचिनीको एक डन्डी राखेर उमाल्ने र त्यसलाई चिसो पारी पिउँदा पनि रगत बग्ने समस्याबाट मुक्ति पाउन सकिन्छ ।

छ) तरबुजा तरबुजामा पाइने मेग्नेशियमले शरीरमा प्रोजस्टोन र एस्टोजेन हर्मोनको स्तर व्यवस्थापन गर्न मद्दत गर्दछ ।