समाचार

आज कुन उमेर समूहमा कति कोरोना संक्रमित थपिए ?

By खबरहब

November 22, 2021

काठमाडौँ– पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै ३१ देखि ४० उमेर समूहका व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३१ देखि ४० वर्ष उमेर समूहका सबैभन्दा धेरै ८० जनामा कोरोना पुष्टि भएको छ ।

यस्तो छ उमेर समूह अनुसार कोरोना संक्रमितको विवरण : ०–१० वर्ष –१३ ११–२० वर्ष –३० २१–३० वर्ष –६८ ३१–४० वर्ष – ८० ४१–५० वर्ष – ४७ ५१–६० वर्ष – ५७ ६१–७० वर्ष –४१ ७१–८० वर्ष – २४ ८० वर्षभन्दा माथि –७ अज्ञात– ०