देश/प्रदेश

रुपन्देही प्रतिनिधि सभा ३ को कांग्रेस निर्वाचन स्थगित

By खबरहब

November 22, 2021

रुपन्देही– विवादपछि नेपाली कांग्रेस रुपन्देहीको प्रतिनिधि सभा क्षेत्र नम्बर तीनको मतदान प्रक्रिया रोकिएको छ । ५० मत परिसकेपछि कांग्रेसको रामचन्द्र पौडेल पक्षले बहिष्कार गरेपछि मतदान प्रक्रिया रोकिएको हो ।

देउवा पक्षले भने मतदान प्रक्रिया अघि बढाउन माग गरिरहेको छ । प्रमुख निर्वाचन अधिकृत जीवनारायण अधिकारीले एक पक्षले बहिष्कार गरेपछि अनिश्चितकालका लागि निर्वाचन प्रक्रिया रोकिएको बताएका छन् ।