राजनीति

कांग्रेस काठमाडौँ क्षेत्र नं ७ को सभापतिमा मुकुन्द रिजाल निर्वाचित

By खबरहब

November 22, 2021

काठमाडौँ– नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ७ को सभापतिमा मुकुन्द रिजाल निर्वाचित भएका छन् । कांग्रेस काठमाडौँ क्षेत्र नं ७ को सोमबार सम्पन्न अधिवेशनमा रिजालले २०४ मत प्राप्त गरी विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी मनोहरि तिवारीले ५० मत प्राप्त गरे ।

यस्तै, सचिवमा जनकराज उप्रेती (१६५), सृजना बुर्लाकोटी अर्याल (१७६), सहसचिवमा दीपेन्द्र थापामगर (१५७) र दिलीप अधिकारी (१६१) मत ल्याई विजय भएका छन् । काठमाडौँ क्षेत्र नं ७ मा २६६ क्षेत्रीय प्रतिनिधि रहेका थिए । काठमाडौँ क्षेत्र नं ७ मा काठमाडौँ महानगरपालिका–१६, तारकेश्वर नगरपालिका र नागार्जुन नगरपालिकाको केही क्षेत्रहरु पर्दछन् ।