बाघको छालासहित २ जना पक्राउ

By खबरहब

November 22, 2021

दाङ– दाङमा बाघको छालासहित दुईजना पक्राउ परेका छन् । प्रहरीले दाङ राजपुर गाउँपालिका वडा नं ६ का ३८ वर्षी सूर्य बहादुर चौधरी र दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं ५ रानीजरुवाका ३१ वर्षीय महेन्द्र खडकालाई आइतबार पक्राउ गरेको हो ।

घोराही उपमहानगरपालीका वडा नं १६ गरुवा चोकमा सूर्य बहादुर चौधरीले चलाएको रा ३ प २६६ नम्बरको मोटरसाईकललाई चेकजाँच गर्ने क्रममा उक्त मोटरसाईकल पछाडि सवार रहेका महेन्द्र खडकाले बोकेको बाघको छाला फेला पारेको थियो । टाउकोदेखि पुच्छरसम्म ८ फिट २ ईन्च लम्बाई र १ फिट ८ ईन्च चौडाई भएको छाला बरामद गरिएको प्रहरीले जनाएको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।