फाइल फोटो

समाचार

भारतमा थप ५ हजार ९१४ जनामा कोरोना पुष्टि

By खबरहब

December 22, 2021

काठमाडौँ – भारतमा थप ५ हजार ९१४ जना कोरोना संक्रमित थपिएका छन् ।

ओल्डोमिटरको पछिल्लो विवरणअनुसार ८ हजार ४३ जना कोरोनामुक्त भएका छन् भने ५४ जना संक्रमितको मृत्यु भएको छ ।

भारतमा सक्रिय संक्रमितको संख्या ८४ हजार ९५७ जनामा झरेको छ ।

त्यहाँ कुल संक्रमितको संख्या ३ करोड ४७ लाख ५८ हजार ७८ पुगेको छ । तीमध्ये हालसम्म ३ करोड ४१ लाख ९५ हजार ६० जना संक्रमणमुक्त भइसकेका छन् भने ४ लाख ७८ हजार ६१ संक्रमितको मृत्यु भएको छ ।