अटो

‘हाम्रो नेपाली किबोर्ड’ ७ वर्षमा १ करोड बढी डाउनलोड

By खबरहब

December 22, 2021

काठमाडौँ – ‘हाम्रो नेपाली किबोर्ड’को एप एक करोडभन्दा धेरै डाउनलोड भएको छ । फेसबुक र स्मार्ट फोनमा नेपाली लेख्न मिल्ने यो एप नेपालमा लोकप्रिय बनेको हो ।

सन् २०१४ मा सार्वजनिक भएको एप सबैभन्दा छोटो अवधिमै १० लाखको डाउनलोड पार गर्ने पहिलो नेपाली एप भएको थियो । नेपाली लेख्न हिन्दी किबोर्ड प्रयोग गर्नुपर्ने बाध्यता भएपछि नेपाली किबोर्ड एप विकास गरिएको हाम्रोपात्रोका संस्थापक शंकर उप्रेतीले बताएका छन् ।

यसमा बोलेर टाइप गर्ने सुविधा (भ्वाइस टाइपिङ), मोबाइलानुसार किबोर्डको आकार चाहेजस्तो सानो या ठूलो बनाउन सक्ने सुविधाका साथ स्टिकर्स र चाहेअनुसार थिम परिवर्तन गर्ने सुविधा पनि रहेको छ ।

योसँगै हाम्रोपात्रोका दुई एन्ड्रोइड एप करोडको संख्यामा डाउनलोड हुने सूचीमा परेका छन् ।