राजनीति

न्याय सेवा आयोगको बैठक बस्दै

By खबरहब

December 22, 2021

काठमाडौँ – न्याय सेवा आयोगको बैठक आज बस्दैछ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले बोलाएको बैठक दिउँसो ३ बजे सुरु हुनेछ ।

बैठकले जिल्ला न्यायाधीशको लिखित परीक्षाको नजिता प्रकाशन गर्ने न्याय परिषद्का प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिएका छन् ।

आयोगमा प्रधानन्यायाधीश अध्यक्ष रहने व्यवस्था छ भने सदस्यमा कानून न्याय तथा संसदीय मामिलामन्त्री, सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश, महान्यायाधिवक्ता र लोकसेवा आयोगका अध्यक्ष रहने कानूनी व्यवस्था रहेको छ ।