समाचार

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

By खबरहब

December 22, 2021

काठमाडौँ – नेपाली बजारमा सुनको मूल्य आज घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ४०० रुपैयाँले घटेर ९२ हजार ६०० रुपैयाँ कायम भएको छ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला ९२ हजार एक सय रुपैयाँ कायम भएको छ ।

चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले बढेर एक हजार २३५ रुपैयाँ कायम भएको छ ।